झापा–नेकपा एमालेले आउँदो मंसिरमा पार्टीको १०औँ महाधिवेशन गर्ने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आउँदो १० गतेदेखि १२ मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि पार्टीले २०७९ वैशाख मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । उनका अनुसार ४, ५ र ६ असोजमा विधान अधिवेशन गर्ने निर्णय भएको छ । विधान अधिवेशनको तयारीका लागि भदौ १० गते केन्द्रीय कमिटी बैठक वोलाउने निर्णय भएको उनले जानकारी दिए ।
भदौमा जिल्ला कार्यकता भेला गर्ने निर्णण गरेको बैठकले २७ असारमा भएको १० बुँदे सम्झौता कार्यान्वयनमा बाधा फुकाउन भीम रावल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट सहभागी कार्यदल गठन गरेको छ ।
बैठकले पार्टीका सबै कमिटीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको छ ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले पार्टीका सबै कमिटीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको छ । बैठकले पार्टीका केन्द्रीय, जिल्ला, स्थानीय तहका सबै पार्टी कमिटीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
बैठकले पार्टी सदस्यता नविकरण गर्ने असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ । बैठक भोली पनि बस्ने भएको छ ।