रौटहट–रौतहटमा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउन संलग्न रहेको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन्। प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरिएको रौतहटका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए। दुबै प्रहरी घुमुवाका रुपमा कार्य गर्दै आएका थिए।
मोजुबुल्लाह चढ्ने भारतीय नम्बर प्लेट बीआर ३० एस १८८७ को मोटरसाइलमा लागुऔषध राखेको आरोपमा पक्राउ पर्ने रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिकाका २३ वर्षीय जितेशकुमार यादवलाई अपराधीक षड्यन्त्र लागुऔषध मुद्दामा जिल्ला अदालतबाट अनुसन्धानका ६ दिनको म्याद लिइएको एसपी शाहले बताए।
सीसीटीभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्दा पत्रकार मोजुबुल्लाहलाई फसाउन खोजेको तथ्य पत्ता लागेको हो।
साउन ३२ गते गौरस्थित ग्रिन सिग्नल होटेल अगाडि साँझ ७ बजे सडक पेटिमा राखिएको पत्रकार मोजुबुल्लाह चढ्ने भारतीय नम्बर प्लेटको उक्त मोटरसाइलबाट लागुऔषध नाइट्रोभेट प्रहरीले फेला पारेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो।
- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
अनुसन्धानबाट पत्रकार संजय सहनीको निर्देशनमा धिरज यादव र सर्लाहीका जितेशकुमार यादवले पत्रकार मोजुबुल्लाह चढ्दै आएको मोटरसाइकलमा १ सय ५ वटा लागुऔषध नाइट्रोभेट राखेको खुलेको प्रहरीले जनाएको छ। सीसीटीभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्दा पत्रकार मोजुबुल्लाहलाई फसाउन खोजेको तथ्य पत्ता लागेको हो।