८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पौडेल पक्षका जिल्ला सभापतिले सानेपामा धर्ना दिने



झापा–सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिले पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन् । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने माग राख्दै जिल्ला सभापतिहरुले मंगलबार पार्टी कार्यालयमा धर्ना दिने भएका हुन् ।

पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई इमेलमार्फत् दुई दिनभित्र क्रियाशील सदस्यता सार्वजनिक गर्न ‘अल्टिमेटम’ दिएका थिए ।

क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमा केन्द्रबाटै नाम थपघट भइरहेको आशंका गर्दै पौडेल निकट जिल्ला सभापतिहरुले सदस्यता सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ००:००  ९ : ३४ बजे