रोहित काफ्ले
भद्रपुर- झापाको काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ । दोहोरो नागरिकता लिएको आरोपमा भारतीय सशस्त्र सीमा बल एसएसबी ४१ बटालियनले उनीहरूलाई सीमावर्ती पानी ट्याङ्की नाकाबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेका छन् । नेपालबाट गएका उनीहरूलाई भारतीय एसएसबीले चेकजाँच गर्दा नेपाली नागरिकताको प्रमाणपत्र र भारतीय पासपोर्ट बरामद गरेको बताइएको छ ।
- व्यवसायी सुवेदीद्वारा वाणिज्य संघको राहत कोषमा १ लाख १५ हजार सहयोग
- ‘बिर्तामोडको एमाले राजनीतिमा खम्बा थिए ज्ञानुराम’
- झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- श्रीमान् अर्की युवतीको कोठामा गएको विषयमा कुटपिट, महिलाको मृत्यु, ६ जना पक्राउ
- जन्मदिनको खर्च कटाएर अक्षय कोषलाई सहयोग
नेपाल र भारत दुवै देशको नागरिक भएको प्रमाणपत्र फेला परेपछि एसएसबीले आवश्यक कारबाहीका लागि उनीहरूलाई खोरीबारी थानालाई जिम्मा लगाएको छ । खोरीबारी थानाले महिलालाई आइतबार सिलीगुडी अदालतमा पेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले एसएसबीले पक्राउ गरेको महिलाको विषयमा आफूलाई कुनै जानकारी नआएकोले त्यस बारे आफूले बुझ्ने जानकारी दिनुभयो । रेडियो नेपालबाट