रोहित काफ्ले
भद्रपुर- झापाको काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ । दोहोरो नागरिकता लिएको आरोपमा भारतीय सशस्त्र सीमा बल एसएसबी ४१ बटालियनले उनीहरूलाई सीमावर्ती पानी ट्याङ्की नाकाबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेका छन् । नेपालबाट गएका उनीहरूलाई भारतीय एसएसबीले चेकजाँच गर्दा नेपाली नागरिकताको प्रमाणपत्र र भारतीय पासपोर्ट बरामद गरेको बताइएको छ ।
- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
नेपाल र भारत दुवै देशको नागरिक भएको प्रमाणपत्र फेला परेपछि एसएसबीले आवश्यक कारबाहीका लागि उनीहरूलाई खोरीबारी थानालाई जिम्मा लगाएको छ । खोरीबारी थानाले महिलालाई आइतबार सिलीगुडी अदालतमा पेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले एसएसबीले पक्राउ गरेको महिलाको विषयमा आफूलाई कुनै जानकारी नआएकोले त्यस बारे आफूले बुझ्ने जानकारी दिनुभयो । रेडियो नेपालबाट


















