• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाज
  3. बिर्तामोड खोप प्रकरण : खँड्कालाई सफाई दिँदै कारबाही सिफारिस
 बिर्तामोड खोप प्रकरण : खँड्कालाई सफाई दिँदै कारबाही सिफारिस
समाज

बिर्तामोड खोप प्रकरण : खँड्कालाई सफाई दिँदै कारबाही सिफारिस

by Speak ७ भाद्र २०७८, सोमबार १५:२१

झापा– कोरोना भाइरस विरुद्धकाे खोप लुकाएको आरोप लागेका बिर्तामोड नगरपालिकाका काेराेना फोकल पर्सन ओमबहादुर खँड्काले सफाई पाएका छन् । घटनाका विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलाेचन रिमाल नेतृत्वमा गठित समितिले खड्कालाई सफाई दिएको हो ।

समितिले खड्काले खोप लुकाएको नदेखिएको निष्कर्षसहित आज प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई छानबिन प्रतिवेदन बुझाएको छ । पूर्वनिर्धारित समयभन्दा झण्डै तीन साता ढिलो समितिले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा खड्काले होटलमा खाेप बुझेको विषयलाई भने छानविन समितिले चरम लापरबाही भएको उल्लेख गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रिमालले होटलमा खाेप बुझ्ने कार्य कानूनसम्मत नदेखिएकाले खड्कालाई विभागीय कारबाहीका लागि सिफारिश गरिएको बताए ।

कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले अनुमोदन गरेपछि खड्कामाथि विभागीय कारबाही गर्न माथिल्लो निकायमा पठाइने समितिका संयोजक रिमालले जानकारी दिए । बिर्तामोडको एउटा होटलमा जिल्ला स्वास्थ्य कार्यालयमार्फत पठाइएको खाेप खँड्काले बुझेपछि लुकाइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

छानविन समितिले घटनाको वस्तुगत अवस्था अध्ययन गरी सरोकारवालासँग छलफल गर्दै प्रतिवेदन तयार पारेको हो । आरोपित पक्षले खोप लुकाएको विषयमा प्रमाण दिन नसकेपछि समितिले घटनामा खड्काको नियत नदेखिएको प्रष्ट्याएको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.