प्रतिदिन दैनिक १५ औँ वर्षमा

आठ महिनाको छोरी बोकेर आमा बाबु झुण्डिएको अवस्थामा फेला

झापा– झापाको कनकाई नगरपालिका–१ सिर्जना टोलमा एकैपरिवारका तीन जनाले आत्महत्या गरेका छन् । झुण्डिएको अवस्थामा आमाबाबु र नावालक छोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार आमाले छोरी बोकेकी छन् ।

३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाकी रुविना विकको शव भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *