बिर्तामोड– झापाको बिर्तामोडमा आफू बसेको घर बाहिर अर्धनग्न अवस्थामा मृत भेटिएकी सिर्जना बस्नेतको मृत्यु प्रकरणका विषयमा प्रहरी अनुसन्धान अझै अलमलमा छ । हत्या कि आत्महत्या भन्ने विषयमा प्रहरी निष्कर्षमा पुग्न नसकेको हो ।
Latest Post
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
घटनास्थलको प्रकृतिले आत्महत्या भन्न सकिने अवस्था नरहेको स्वयम् प्रहरी अधिकारी बताउँछन् । अर्धनग्न भेटिनुले पनि प्रहरी आत्महत्या हो भन्ने अवस्थामा छैन् । हत्या हो भनेर पनि किटान गर्न नसकेको प्रहरीले अनुसन्धानमा अझै अलमल गरिरहेको सरोकारवालाले जनाउँदै आएका छन् ।
तर, प्रहरीले तीनवटा अलग–अलग टोलीमार्फत अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान व्युरोको टोली अनुसन्धानमा खटिएको हो । अनुसन्धानमा कुनै अलमल नभएको बरु तीनवटै टोलीको अनुसन्धान रिपोर्ट कम्पायल गर्ने तयारी भइरहेको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए ।
गत असार २७ गते भित्रिबस्त्र घुँडामा आइपुगेको अवस्थामा घर अगाडि सिर्जनाको शव भेटिएको थियो । प्रहरीले घटनाको दिन अनुसन्धानका लागि धरानबाट ल्याएको कुकुर घरभित्रै पसेपछि प्रहरीले आफ्नो अनुसन्धान त्यता केन्द्रीत गर्दै आएको छ । परिवारका सदस्य पनि प्रहरीको शंकाको घेरामा छन् । घटनाको बास्तविकताका विषयमा छिट्टै प्रहरीले आफ्नो धारणा सार्वजनिक गर्ने प्रवक्ता थापाले बताएका छन् ।


















