२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा कांग्रेसभित्र असन्तुष्टि



झापा– नेपाली कांग्रेसमा जिल्ला सभापतिको निर्वाचन प्रक्रियालाई लिएर असन्तुष्टि देखिएको छ। विधानविपरीत कांग्रेसको निर्वाचन निर्देशिकामा जिल्ला सभापतिको उम्मेदवार हुनका लागि दोहोरो मापदण्ड बनाइएको भन्दै असन्तुष्टि देखिएको हो।

निर्वाचन निर्देशिकामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय प्रतिनिधि जिल्ला सभापतिको उम्मेदवार बन्न पाउने र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय ५३ जिल्ला सभापतिहरूले यसप्रति सामूहिक असन्तुष्टि जनाएका हुन। उनीहरूले निर्देशिकामा रहेको दोहोरो व्यवस्था हटाउन माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन्।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार ००:००  ७ : ३० बजे