२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

छोराको जन्मदिनमा रक्तकाली मन्दिरलाई नौ किलाको घण्टी



बिर्तामोड– मेची ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्ष युवा व्यवसायी श्याम प्रसाईले छोरा संकेतको जन्मदिनको अवसरमा मन्दिरलाई घण्टी अर्पण गरेका छन् । प्रसाईले बिर्तामोड–१० स्थित इलामेली टोल सहिद गेट नजिक रक्तकाली माता मन्दिरलाई घण्टी प्रदान गरेका हुन् ।

प्रसाईले आज पर्न गएको छोराको जन्मदिनमा मन्दिरलाई ९ किलो ९ सय ग्राम बराबरको घण्टी सहयोग गरेको जनाएका छन् । जन्मदिनमा रमाइलो गर्ने नाममा अनावश्यक पैसा खर्च गर्नुको साटो मन्दिरलाई सहयोग गरिएको उनले बताए । धार्मिक कार्यमा सहयोग गरेको भन्दै रक्तकाली मन्दिर समितिकी सहयोगी तथा स्थानीय राजनीतिज्ञ पुनम चुंडालले प्रसाईको प्रशंसा गरेकी छन् ।

घण्टी हस्तान्तरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागांई, हल्दिबारी गाउंपालिका–४ का अध्यक्ष होम चुडाल, बिर्तामोड नगरपालिका–१० का अध्यक्ष दुर्योधन गुरुङ, रक्तकाली मन्दिर समितिका अध्यक्ष बिनोदकुमार भट्टराई, उपाध्यक्ष नारायण त्रित्राल, सचिव चुडामणि न्यौपाने, कोषाध्यक्ष शिवमाया तिवारी लगायतको उपस्थिति रहेको थियो ।

यसअघि पनि प्रसाईले इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्राङ्गणमा रहेको नव दुर्गा मन्दिरलाई २५ हजार ९ सय ९९ तथा नकलबन्दामा सशस्त्र प्रहरीको परिसरमा रहेको मन्दिरको रंगरोगन तथा मर्मतका लागि सहयोग गरेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार ००:००  ५ : ०२ बजे