६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

माछा मार्दा करेन्ट लागेर मृत्यु



उर्लावारी– माछा मार्ने क्रममा करेन्ट लाग्दा मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा शनिबारसाँझ एक जनाको मृत्यु भएको छ। स्थानीय चिसापानी खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा उर्लाबारी–१ का ३१ वर्षीय विष्णु जोगीको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले करेन्ट लाग्दा विष्णुको घटनास्थलमै मृत्यु भएको बताए ।

माछा मार्नका लागि विष्णुसँग उर्लाबारी–१ का २८ वर्षीय लालबहादुर जोगी र मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५० वर्षीय मिलन राई पनि गएको प्रहरीले जनाएको छ। लालबहादुर र मिलनसहित केही स्थानीयलाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ एवम् अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार ००:००  १० : १० बजे