११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

झापा नाटक घरलाई झापाली समाजको सहयोग



बिर्तामोड– झापाको बिर्तामोडमा निर्माणाधीन ‘झापा नाटक घर’ लाई झापाली समाज युएईले सहयोग गरेको छ । संस्थाले सञ्चालन गरेको एकधुर जमिन खरिद अभियानका लागि समाजले एकलाख एकहजार रुपैयाँ सहयोग गरेको हो । झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयाजित कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष दुर्योधन कार्की र नेपाल सम्पर्क समितिका अध्यक्ष सापकोटाले झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पित, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, ध्रवकुमार शिवाकोटीलगायतलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । एकधुर जमिन खरिद गर्न सहयोग संकलन अभियान शुरु गरी रकम संकलन गरेको झापाली समाज युएईका प्रवक्ता रामप्रसाद ढुङ्गेल बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार ००:००  ५ : ५८ बजे