१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

बीएण्डसीले बनाइदिने भयो सिंहदेवी स्कूलमा दुई तले भवन



बिर्तामोड– झापा बिर्तामोडको बीएण्डसी मेडिकल कलेजले अर्जुनधारा–१ सिस्नेमा सिंहदेवी माध्यामिक विद्यालयमा दुई तले भवन बनाइदिने भएको छ । दुई करोड रुपैयाँको लागतमा मेडिकल कलेजले विद्यालय भवन निर्माण गरिदिने भएको हो ।

मेडिकल कलेजका अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाइले शुक्रवार विद्याय भवनको शिलान्यास गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत मेडिकल कलेजका तर्फबाट विद्यालय भवन निर्माण गर्न लागिएको कार्यकारी निर्देशक प्रसाईले बताए ।

स्थानीय रानीशोभा राईले निःशुल्क उपलब्ध गराएको जग्गामा बीएण्डसीले भवन बनाइदिन लागेको हो । जग्गादाता राईलाई बीण्डसीले आजीवन निशुल्क उपचारको प्रवन्ध मिलाउने भएको छ ।

बढ्दो विद्यार्थी संख्याका कारण विद्यालयले कक्षा कोठा अभाव झेलिरहेको अवस्थामा भवन बनाइदिने बीएण्डसीको निर्णयले आफूहरु हर्षित भएको प्रधानाध्यापक लक्ष्मी रिजालले बताए ।

विद्यालयमा आठ कोठाको भवन निर्माण हुनेछ । छ महिनाभित्र पूरा गर्ने गरी काम थालिएको कार्यकारी निर्देशक प्रसाई बताउँछन् । विद्यालयमा हाल नौ सय विद्यार्थी अध्ययनरत छन् ।

१० हजार महिलाको पाठेघर परीक्षण गर्ने पूर्वाञ्चल क्यान्सर अस्पतालको घोषणा

 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ००:००  ८ : ४१ बजे