१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

स्वतन्त्र पत्रकार संघमा ढकाल



बिर्तामोड– स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । जिल्लाको प्रथम अविधेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषध्यक्षमा आयुष निरौला सर्वसम्मत भएका हुन् ।

सदस्यहरु तीर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी चयन भएका छन् । समितिका अन्य सदस्यहरु समितिको आगामी बैठकले टुङ्गो लगाउने निर्णय भएको छ । संस्थापक अध्यक्ष रत्नबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकारहरुलाई अझ सक्रिय रुपमा अघि बढाउने निर्णय समेत भएको छ ।

दलिय स्वार्थका कारण मुलक गम्भिर संकटमा पर्ने खतरा बढेको भन्दै पत्रकारिता समेत स्वतन्त्र र निष्पक्ष बन्न नसक्दा नागरिकले सही सूचना पाउनबाट बञ्चित हुनु परेको निष्कर्ष निकालिएको छ । नवनिर्वाचित अध्यक्ष ढकालले झापामा पत्रकारका क्रियाशिल संघ–संगठनले अझै पनि स्वतन्त्र पत्रकारको अस्तित्व स्वीकार गर्न आनाकानी गरेको बताए ।

दलिय संगठनको आधारमा गठन भएका संगठनहरुले स्वतन्त्र पत्रकारिता गर्न नसक्ने भएकाले आस्था र विचारलाई थाँती राख्दै पत्रकारिता स्वतन्त्र रुपमा गरिनु पर्नेमा जोड दिइएको छ । साथै पत्रकार महासंघको हरेक गतिविधिमा स्वतन्त्र पत्रकारलाई समेत समावेश गर्न माग गरिएको छ ।

कोरोना भाइरसको संक्रमण झापामा बढ्दै गएका बेला प्रविधिको प्रयोग गर्दै अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशनले संस्थापक अध्यक्ष बस्नेतलाई प्रदेश समितिमा सिफारिस गरेको छ । केन्द्रीय महाधिवेशन आगामी १९ र २० गते नवलपुरमा गरिने भएकाले जिल्ला अधिवेशनहरु धमाधम भइरहेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ००:००  ११ : ५८ बजे