झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिकामाथि गम्भिर प्रश्न उठाएका छन् । न्युज एजेन्सी नेपाललाई दिएको अन्तरवार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सभामुख सापकोटाले आफैं माओवादी कार्यकर्ताजस्तो बनेर र न्यायाधीशजस्तो बनेर निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताए ।
अध्यक्ष ओलीको धारणा जस्ताको तस्तै
सभामुखको काम पार्टीले कसैलाई निष्कासन गर्छ भने नोटिस जारी गर्दिने हो । पहिला टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले नोटिस जारी गर्नुभएको थियो । संसदमा सुनाउनुभएको थियो । सरिता गिरीलाई प्रमुख सचेतकले उहाँलाई निकालिएको छ भन्ने बित्तिकै तत्काल सुनाउनुभएको थियो । उहाँको इन्ट्रेस्टमा ।