बिर्तामोड– इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकालाई खाद्यान्न बाँडेको छ । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेम्वरसीप चेयर जगत शर्मा भुसालको जन्मदिनको अवसर पारेर उक्त सामग्री वितरण गरिएको हो ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष जमुना शर्माको अध्यक्षता तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट दिनेशकुमार पोखरेललगायतले मन्तव्य राखेका छन् ।
अपाङ्गता भएका १४ जना महिलालाई खाद्यान्न सामग्रीसहित सेनेटरी प्याड, सेनिटानइजर, मास्कसमेत प्रदान गरिएको छ । जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरेर शर्माले मानवीय सेवाको काम गरेको बताए । कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका इमिडेट पास्ट प्रेसिडेण्ट प्रशान्त भण्डारीले गरेका थिए ।