• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाचार
  3. ‘प्रकाश बचाउ अभियान’ मा लायन्स लेडीको सहयोग
 ‘प्रकाश बचाउ अभियान’ मा लायन्स लेडीको सहयोग
समाचार

‘प्रकाश बचाउ अभियान’ मा लायन्स लेडीको सहयोग

by Speak १ भाद्र २०७८, मंगलवार २१:०५

बिर्तामोड– लायन्स क्लव अफ बिर्तामोड लेडीले प्रकाश बचाउ अभियानमा २१ हजार रुपियाँ सहयोग गरेको छ । मंगलवार लायन्स लेडीको टोलीले घरमा पुगेर रकम हस्तान्तरण गरेको हो ।

बाथरोगबाट थलिएपछि ओछ्यान परेका झापा चारपाने–२ का प्रकाश शर्माको उपचारका लागि समुदायले चासो र चिन्ता व्यक्त गर्दै आर्थिक संकलन अभियान चलाइरहेको छ । आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएपछि प्रकाश बचाउ अभियान चलिरहेको छ ।

अभियानमा सघाउन लायन्स क्लव अफ बिर्तामोड लेडीको टोली शर्माको घरमा पुगेको हो । क्लवकी अध्यक्ष दुर्गा पाठक थपलिया र संस्थापक अध्यक्ष उर्मिला विमली खरेलले उक्त रकम प्रदान गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा क्लवकी महासचिव इन्दिरा प्रसाई, लायन्सकर्मीहरु चन्द्रकला चुडाल, संगीता चिमरिया, निस्मा अधिकारी, सुनिता प्रसाईं, सुस्मा शिवाकोटी, दीपा प्रसाईं, निरा भट्टराई, कला बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

औषधिको प्रभावका कारण ३२ वर्षीय शर्मा तीन वर्षदेखि ओछ्यानमा छन् । पारिवारिक दायित्व पनि शर्माको काँधमा छ । विरामी परेपछि परिवारलाई गुजारा चलाउन समस्या हुँदै आएको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.