२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

‘बढी भएको बिजुली बेचिन्छ’



झापा– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बढी भएको विद्युत् अन्तरदेशीय बजारमा बेचिने बताउनुभएको छ। प्राधिकरणको ३६ औंँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले उक्त कुरा बताउनुभएको हो ।

बिजुलीको बजार व्यवस्थापन चुनौतिपूर्ण हुने भन्दै कार्यकारी निर्देशक घिसिङले स्वदेशमा पनि विद्युत् खपत बढाउन सके आर्थिक र सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रयोगमा पनि जोड दिनुभएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार ००:००  ६ : ४२ बजे