१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही !



झापा-नेकपा एमालेले पार्टी अनुशासन विपरीतका क्रियाकलाप जारी राखेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसद्लाई कारबाही गरेको छ । एमालेले उनीहरुलाई सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गरेको हो ।

संसद सचिवालयसँगै एमालेले कारबाही गरेको पत्र निर्वाचन आयोगमा पनि बुझाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कारबाहीका लागि संसद सचिवालयमा पठाइएको पत्रको बोधार्थ आयोगमा पनि प्राप्त भएको जानकारी दिनुभयो ।

वरिष्ठ नेता नेपालसहितका सांसदलाई कारबाही गरिएको पत्र दर्ता गर्न संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी संसद सचिवालयमा पुग्नुभएको हो ।

मंगलवार सरकारले केन्द्रीय समिति वा संसदीय दलमा  २० प्रतिशत संख्या पुर्याएर राजनीतिक दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएपछि एमाले वृत्तमा तरङ्ग आएको हो । अध्यादेश आएसँगै नेपाल पक्षले नयाँ दल दर्ता गर्ने अनुमान गरिएको छ ।

यी हुन् कारबाहीमा परेका नेपाल समूहका सांसद

१. माधव नेपाल २. विरोध खतिवडा ३. मेटमणी चौधरी ४. जीवनराम श्रेष्ठ ५. मुकुन्द न्यौपाने ६. कृष्णलाल महर्जन ७. रामकुमारी झाँक्री ८. कल्याणी खड्का ९. लक्ष्मीकुमारी चौधरी १०. निरादेवी जैरु ११. पुष्पाकुमारी कर्ण १२. सरला यादव १३. कलिला खातुन १४. भवानी खापुङ

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार ००:००  ५ : ४३ बजे