१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

एमालेले बोलायो एकैदिन दुई बैठक



झापा– पार्टीको भावी रणनीति तय गर्न नेकपा एमालेले भदौ १ गते एकैदिन दुई वटा बैठक बोलाएको छ ।  एमालेले ११ बजे स्थायी कमिटी र अपरान्ह ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।

आज बालकोटमा स्थायी कमिटीका उपलब्ध नेताहरूको बैठकले दुबै बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माका अनुसार स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्दैछ ।

बैठकमा वर्तमान सरकारका कामकारवाही, सरकारले ल्याउन सक्ने विभिन्न अध्यादेश लगायतका बारेमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ००:००  ४ : ०२ बजे