१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

झापामा २३४ संक्रमित थपिए, चार जनाको मृत्यु



झापा– जारी निषेधाज्ञा खुकुलो बनाउने स्थानीय प्रशासनको निर्णय सार्वजनिक भइरहँदा झापामा सोमबार २३४ जना संक्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् आइतबारको तुलनामा संक्रमितको संख्या ५० ले बढेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले आइतबार १८४ जनामा सङ्क्रमण पुष्टि भएको सार्वजनिक गरेको थियो । आइतबार पाँचजना संक्रमितको मृत्यु भएकोमा साेमबार त्यो संख्या चारमा झरेको छ ।

सोमबार दुई महिला र दुई पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो । कोरोना संक्रमण शुरु भए यता झापामा ५ सय १९ जनाको ज्यान गइसकेको छ ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ००:००  ३ : २६ बजे