२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा शाक्यकाे रिट



झापा– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय खारेजीको माग गर्दै यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुग्न भएको छ । उहाँले सोमबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

आफू बिदामा बसेको बेला कार्यकारी निर्देशकमा घिसिङलाई संविधान र कानुन विपरीत नियुक्त गरिएको भन्दै उक्त नियुक्ति बदरको माग शाक्यले गर्नु भएको छ । आफूले पदबाट राजीनामा नदिएको र बैधानिक रुपमा आफूलाई उक्त पदबाट मुक्त नगरेको जिकिर गर्दै शाक्य सर्वोच्च जानु भएको हो ।

मन्त्रिपरिषदको साउन २५ गते बसेको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो। घिसिङको नियुक्तिसँगै शाक्यलाई जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको थियो ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ००:००  २ : ३८ बजे