
सदस्य सुविधामा सिम्रिकले खर्चियो चार लाख
बिर्तामोड– सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यको उपचार सुविधा, राहत तथा ऋण मिनाहावापत साउनमा चारलाख २९ हजार ३१६ रुपैयाँ खर्च गरेको छ । संस्थाले पाडाजुँगी सेवा केन्द्रका सदस्य इखमाया खवासको दुई लाख ५५ हजार ९८६ रुपैयाँ कर्जा मिनाहा गरिएको छ । खवासको असार २९ गते निधन भएको थियो ।
संस्थाले धुलाबारी सेवा केन्द्र अन्तरगत लघुवित्त तर्फका सदस्य ललिता राजवंशीको पनि असामयिक निधन भएकाले उनको नाममा बाँकी रहेको साँवा ७४ हजार १५६ रुपैयाँ मिनाहा गरिएको तालिम विभाग प्रमुख विजय बस्नेतले बताए ।
बुधबारे सेवा केन्द्रका शेयर सदस्य देवीमाया भट्टराईको २०७८ साउन १३ गते भएको निधनप्रति संस्थाको तर्फबाट शोक व्यक्त गर्दै उनको नाममा बाँकी रहेको ऋण ४३ हजार ५०० रुपैयाँ मिनाहा गरिएको छ ।
संस्थाको बुधबारे सेवा केन्द्रका प्रमुख प्रेमप्रसाद सिग्देलसहितले भट्टराई परिवारमा पुगेर मृत्यु राहत वापत १८ हजार ४०० रुपैयाँ पनि प्रदान गरेका छन् । संस्थाको दानाबारी सेवा केन्द्रले पनि साउन महिनाभरमा आफ्ना पाँच जना शेयर सदस्य तथा तिनका परिवारको उपचारका लागि ३७ हजार २७४ रुपैयाँ राहत प्रदान गरेको छ ।