बिर्तामोड– झापा सुरुङ्गाबाट प्रकाशित कनकाई साप्ताहिक सातौँ बर्षमा प्रवेश गरेको छ । कनकाई साप्ताहिकको प्रकाशन २०७२ बाट सुरु भएको थियो । यो पत्रिका प्रेस काउन्सिलबाट ख बर्गमा सूचीकृत छ ।
कनकाई साप्ताहिक सातौँ बर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले पाठक, विज्ञापनदाता, लेखक, कर्मचारी तथा शुभेच्छुकमा धन्यवाद दिएका छन् । कनकाईको आफ्नै अनलाइन पनि छ ।