प्रतिदिन दैनिक १५ औँ वर्षमा

कोरोना संक्रमणले देवी माविका शिक्षक अशोकको मृत्यु

बिर्तामोड– कोरोना संक्रमणका कारण देवी माध्यमिक विद्यालयले एक जना लोकप्रिय र इमान्दार शिक्षकलाई गुमाएको छ । उक्त विद्यालयका शिक्षक अशोक बाराकोटीको शनिवार राति सवा नौ जे मृत्यु भएको हो । संक्रमणका कारण केही दिन घरमा बसेका उनलाई स्वास्थ्यमा थप समस्या आएपछि उपचारका लागि झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

शरीरमा अक्सिजन लेवल घटेपछि उनी साउन १४ गते अस्पताल भर्ना भएका थिए । थप उपचारका क्रममा उनलाई बीएण्डसी अस्पतालमा ल्याइएको थियो । सरल, मिलनसार र मेहनती स्वभावका अशोक देवी माविका लोकप्रिय शिक्षक हुन् ।

दुई वर्षअघिसम्म भद्रपुर रोडको तमु मार्केटभित्र उनको पुस्तक पसल थियो । पुस्तक पसल छोडेर उनले घरमै कुखुरापालन सुरु गरेका थिए । उनलाई श्रीमती सावित्राले सघाउँदै आएकी थिइन । शिक्षण पेशा अँगाल्नु अघि उनी बिर्तामोडमा ब्लाष्ट दैनिकको व्यवस्थापन सम्हाल्दै आएका थिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *