नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्री बन्ने लोभमा आफ्नै समूहका नेताले दाम्लो चुडाउने प्रयास गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रममा नेता नेपालले भने, ‘केही साथीहरु हामी जान्छौँ भनेर झण्डै दाम्लो चुँडालेर तयार हुनुभयो ।’
उनले अजाडि थपे, ‘दाम्लो नचुँडाउनुहोला मैले भनिरहेको छु । अहिले अन्तिम कोसिस गर्न नदिनुहोस् । मन्त्री ठूलो कुरा होइन । विचार ठूलो कुरा हो । पद ठूलो कुरा होइन, नीति ठूलो कुरा हो ।’