१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

कांग्रेसको राष्ट्रिय महाधिवेशन मङ्सिरमा



झापा-पार्टीभित्रको लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेसले महाधिवेशन सारेको छ । कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।

यसअघि नेपाली कांग्रेसले भदौ २३ मा १४ औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । अब मंसिर ९ देखि १३ गते महाधिवेशन आयोजना हुनेछ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले पूर्वनिर्धारित महाधिवेशन तीन महिना पछाडि धकेल्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । भदौ २ गतेभित्र क्रियाशील सदस्यताको अन्तिम नामावली बुझाउने निर्णय बैठकले गरेको छ ।

भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा स्थानीय तहका अधिवेशन, असोज १ मा प्रदेशसभाको क्षेत्रका क्षेत्रीय अधिवेशन, असोज ५ मा संघीय निर्वाचन क्षेत्रीय अधिवेशन र असोज १० मा जिल्ला अधिवेशन आयोजना गर्ने कांग्रेसको निर्णय छ ।

केन्द्रीय सदस्य विश्वकर्माका अनुसार कात्तिक १० र १२ गते प्रदेश अधिवेशन आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार ००:००  ३ : ०० बजे