झापा–लामो समयदेखि उपचार अभावमा थलिएका झापाको चारपानेका प्रकाश शर्माको उपचारका लागि शुभेच्छुकले रकम सहयोग गर्न थालेका छन् । प्रकाश बचाउ अभियान सुरु भएपछि सहयोगी दाताबाट रकम सहयोग हुन थालेको हो ।
शर्माको उपचारका लागि बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव एवम् समाजिक व्यक्तित्व अर्जुन मैनालीले २५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । अरु शुभेच्छुकले पनि सहयोग उपलब्ध गराइरहेका छन् ।
औषधिको प्रभावका कारण ३२ वर्षीय शर्मा तीन वर्षदेखि ओछ्यानमा छन् । पारिवारिक दायित्व पनि शर्माको काँधमा छ । विरामी परेपछि परिवारलाई गुजारा चलाउन समस्या हुँदै आएको छ ।