१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

बालिका बलात्कार आराेपमा एक जना पक्राऊ



झापा– जिल्ला प्रहरी कार्यालय धनकुटाले सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा-५ का ५५ वर्षीय इन्द्रबहादुर राई छन् ।

बालिकाका आफन्तले दिएको किटानी जाहेरीका आधारमा राईलाई घरबाटै पक्राउ गरिएको धनकुटाका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिनुभयो । राईको घरमा गएका बेला बालिका बलात्कृत भएको पीडित परिवारको दाबी छ ।

बालिकाले आफ्ना साथीहरुलाई बताएपछि सोही माध्यमबाट घटना सार्वजनिक भएको थियो । पक्राउ परेका राईविरुद्ध प्रहरीले जबर्जस्ती करणी कसुर मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार ००:००  ४ : १६ बजे