२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट



झापा– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी संगठनको अवस्थाका बारेमा छलफल गर्नेगरी माओवादी केन्द्रको बैठक बस्न लागेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवम् सांगठनिक प्रतिवेदन पेश गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । कांग्रेस नेतृत्वसँगको सत्ता साझेदारी लगायतका विषयलाई केन्द्रमा राखेर माओवादी केन्द्रको बैठक शुरु हुन लागेको हो ।

गठबन्धन सरकारलाई सफल र लोकप्रिय बनाउने प्रयास र प्रयत्न पनि माओवादी केन्द्रले गर्ने जनाइएको छ । मन्त्रिपरिषद् विस्तारमा भइरहेको सकसका विषयमा पनि माओवादी क