८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अस्पताल सूचीकृत गर्न सिडिओलाई निर्देशन



झापा–गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई अस्पताल सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको दर बढ्दै गइरहेको र भयावह हुने अवस्था निम्तिन सक्ने भन्दै गृहले यस्तो निर्देशन दिएको हो ।

गृहले सबै अस्पताल र मेडिकलसँग समन्वय गरी उपचारमा सहयोग पुर्‍याउन तथा त्यसको विवरण अद्यावधिक गर्न भनेको छ । यसअघि दोस्रो लहरको वेलामा सूचीकृत कतिपय अस्पतालहरूसँगको सम्झौत रद्ध गरिएको थियो ।

तेस्रो लहरको संक्रमण आउने सक्ने सम्भावनालाई मध्यनजर राख्दै अस्पतालहरूलाई सूचीकृत गर्नुपर्ने आवश्यकता देखिएको गृह मन्त्रालयले जनाएको छ ।साउन २५ गते बसेको सचिवस्तरको बैठकले यस्तो निर्णय गरेको थियो । बैठकमा कोरोना संक्रमण रोकथामका लागि देशभरका सिडिओहरूलाई थप जिम्मेवारी दिने छलफल भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार ००:००  ३ : ३४ बजे