१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बिर्तामोड मुक्ति चोकको कपडा पसलमा आगलागी



झापा– झापाको विर्तामोडस्थित मुक्ति चोकमा रहेको एउटा कपडा पसलमा केहीबेरअघि आगो लागेको छ । एक्सेल विकास बैंकसँग जोडिएको कपडा पसलमा आगो लागेको प्रहरीले जनाएको हो।

थापा मार्केटमा दोस्रो तलामा रहेको ऋद्धिसिद्धी वेयर कलेक्सनमा आगो लागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले जानकारी दिनुभयो । व्यवसायी सूर्य अधिकारीले उक्त पसल सञ्चालन गर्दै आएका थिए ।

बिर्तामोड र मेचीनगर नगरपालिकाको वारुण यन्त्रले केहीबेरअघि आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीको कारण खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

विद्युतीय चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण कपडा पसल पूर्णरुपमा जलेकाे छ । क्षतिको थप विवरण भने प्राप्त हुन बाँकी छ ।

आगलागीपछि बिर्तामोड र वरपरका क्षेत्रमा साझ केहीबेर विद्युत् सेवा अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ००:००  २ : ५९ बजे