झापा– नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । स्वतः महाधिवेशनमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।
कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरहको अधिकार दिनुपर्ने उनीहरूको माग थियो । तर माग सम्बोधन नभएपछि असन्तुष्ट आमन्त्रित केन्द्रीय सदस्यहरुले विभेद गरिएको जनाउँदै राजीनामा दिएका हुन् ।