७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कोरोना संक्रमणले स्वास्थ्यकर्मी नेपालको मृत्यु



बिर्तामोड– कोरोना भाइरसको संक्रमणका कारण झापामा एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । हल्दिबारी–१ गोलधापका ४२ वर्षिय षडानन्द नेपालको उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो ।

उनी सात दिनदेखि बिर्ता सिटी हस्पिटलमा उपचाररत थिए । स्थानीय क्षेत्रमा उनको आफ्नै लोकप्रियता थियो । नेपाल डाक्टरका नामले परिचित उनले लामो समयदेखि गोलधाप, चकचकी, बिर्तामोड १० लगायतका क्षेत्रमा अनवरत स्वास्थ्य सेवा दिँदै आइरहेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ००:००  ३ : ३५ बजे