१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाली कांग्रेसको महाधिवेशन सर्ने निश्चित



झापा– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सर्ने निश्चित प्रायः भएको छ। महाधिवेशन सार्ने विषयमा शीर्ष नेता लगभग सहमत छन् । बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले पूर्वघोषित महाधिवेशनको मिति सार्ने तयारी गरेको हो ।

नेपाली कांग्रेसले भदौ १६ देखि १९ गते सम्म १४औँ महाधिवेशनको मिति प्रस्ताव गरी आवश्यक तयारी सुरु गरेको थियो ।

महाधिवेशन सार्न शीर्ष नेतृत्व सहमत भएपनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुट्न बाँकी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरमा स्थानीय तहका अधिवेशन सुरु गर्ने गरी केन्द्रीय तहको महाधिवेशन माघमा गर्ने संकेत गर्नुभएको छ ।

कांग्रेस सभापति देउवाकाे प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने असहमत हुनुहुन्छ । उहाँले भदौमा नै प्रक्रिया सुरु गरी महाधिवेशन टुंग्याउनुपर्ने विषयमा जोड दिँदै आउनुभएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ००:००  २ : १२ बजे