चुरोटै खिली भेना फिलिली
साइलोसँग साटेर, जिनको पएँट काटेर
पानको बुट्टा टाँसेको, लाजैले मरें, मै मुर्छा परें
ढम्मढम्म ढोलाके
मैलाई हेरी होलाके, झिल्के भेना हाँसो‘
यतिबेला यो तीजभाका निकै चर्चामा छ । यो गीतलाई गायिका कला लम्सालले गाएकी हुन् । कलाको यो पातली शृंखलाको तेस्रो गीत हो । यसअघिका पातली शृंखलाका गीतहरू हिट भएपछि उनले यही शृंखलालाई निरन्तता दिएकी रहिछन् ।
यसअघि पातली शृंखलाकै ‘चमेली फूल मौरीका हुल’, ‘ऐना हेरी हेरी’ जस्ता दुईवटा शृंखला उनले ल्याएकी थिइन् । पछिल्लो गीत तीन साताअघि रिलिज भएको हो । उनको अफिसियल च्यानलमा यो गीतले अहिलेसम्म ६ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।
कलाको भनाइमा उनले पातली पहिलो र दोस्रो शृंखलाबाट छायाँछवि तीज गीत अवार्ड समेत हासिल गरिसकेकी छन् । यस्तो अवार्ड र दर्शकको मायाले आफूलाई कोरोनाको महामारीबीच पनि तेस्रो शृंखला पातली ३ ल्याउन प्रेरणा मिलेको उनले बताइन् ।
विगतका शृंखलाजस्तै पातली ३ गीतलाई पनि शिव हमालले लेखेका हुन् । यो गीतमा कला आफैंले अभिनय गरेकी छन् । पातली–३ को भिडियोमा कलासँगै अञ्जली अधिकारी र करिश्मा ढकालको नृत्य समेटिएको छ ।