झापा–संक्रमण तीव्र फैलिरहेको झापामा पछिल्लो दुई दिनमा ५५७ जना कोरोना संक्रमित थपिएका छन् । समुदाय तहमा फैलिएको संक्रमण अनियन्त्रित बन्दै जाँदा संक्रमितको संख्या दैनिक उकालो लागेको हो ।
यद्यपि, साउन २७ गतेको तुलनामा २८ मा संक्रमितको संख्या घटेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार साउन २७ मा ३४४ जना संक्रमित थपिएका थिए । चार जनाको मृत्यु भएको थियो । साउन २८ मा संक्रमितको संख्या २१३ मात्रै छ भने मृत्यु शुन्य छ । अघिल्लो दिनको तुलनामा घटे पनि संक्रमितको संख्या घटिहाल्ने अवस्थामा नदेखिएको स्वाथ्यकर्मीले जनाएका छन् ।