६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मेची सहकारीको प्रतिवेदन सार्वजनिक



झापा– मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले बिहीबार २७ औं साधारण सभाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा सहकार्यले प्रतिवेदन सार्वजनिक गरेको हो ।

मेची सहकारी साउन २८ गते प्रतिवेदन सार्वजनिक गरी भदौ १२ गते प्रत्येक वर्ष साधारण सभा गर्दै आएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले प्रतिवेदन अध्ययन गरी सुझाव दिन अनुरोध गर्नुभयो ।

दशवटा सेवाकेन्द्र कार्यालयबाट सदस्यलाई वित्तीय सेवा दिँदै आएको मेची सहकारीमा नौ हजारभन्दा बढी सदस्य छन् । संस्थाको सेयर पूँजी ३१ करोड भन्दाबढी छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार ००:००  २ : १६ बजे