झापा– नेकपा एमालेले आफ्ना नेता कार्यकर्तालाई नियमित प्रशिक्षित गर्ने तयारी गरेको छ । एमालेको स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित पढाउने निर्णय गरेको छ ।
विभागका सचिव ईश्वरी जाले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र सांसदलाई नियमित पढाउने तयारी भएको जानकारी दिनुभयो ।
एमालेले जनताको बहुदलीय जनवाद, संगठन निर्माण र परिचालन, नेपाली समाज परिचय, सांस्कृतिक रुपान्तरण, सूचना र सञ्चार, निर्वाचन र विजयका आधार लगायतका विषयमा कक्षा सञ्चालन गर्नेछ ।