१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

कोरोना सङ्क्रमणले झापामा ५ सयभन्दा बढीको मृत्यु



झापा- कोरोना भाइरसको संक्रमणले झापामा मानवीय क्षति तीव्ररुपमा बढेको छ। दैनिकजसो संक्रमितको संख्या बढिरहेका बेला मृतकको संख्या पनि उकालो लाग्दै गएको हो । कोरोना संक्रमण शुरु भएता बुधबार साँझसम्म ५०३ जना झापालीले ज्यान गुमाएका छन् । कोरोना जाँच गरिएका ७४ हजार झापालीमध्ये २० हजार ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

उमेर समूहका आधारमा हेर्ने हो भने झापामा १८ वर्षमुनिका ३१२ जना संक्रमित भएका छन्। १९ वर्षदेखि ६० वर्ष उमेर समूहका मानिस बढी प्रभावित देखिएका छन् । कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहरमा धेरैको ज्यान गुमेको छ ।

दोस्रो लहरमा मात्रै तीन सय ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कोरोना फाेकल पर्सन जीवन चाैलागाईले लगातारको बढ्दो संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको बताउनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ००:००  ४ : ०६ बजे