१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

सरकारद्वारा धानको समर्थन मूल्य प्रस्ताव



झापा– सरकारले यो वर्षका लागि धानको समर्थन मूल्य प्रस्ताव गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिक्वीन्टल २९ सय रुपैँया धानको समर्थन मूल्य प्रस्ताव गरेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सिफारिसमा वाणिज्यले धानको समर्थन मूल्य प्रस्ताव गरेको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

प्रस्ताव गरिएको समर्थन मूल्य मन्त्रिपरिषदले स्वीकृत गरेपछि लागू हुनेछ । मन्त्रालयले यसैसाता समर्थन मूल्यको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दैछ । गत वर्ष सरकारले धान बाली लगाउनु अघि नै समर्थन मूल्य तोकेको थियो ।

यो वर्ष धान रोपी सकेपछि मूल्य प्रस्ताव गरिएको हो । किसानको लागतका आधारमा उत्पादनको उचित मूल्य प्रदान गर्न सरकारले प्रत्येक वर्ष समर्थन मूल्य ताेक्दै आएको छ । उचित मूल्य नपाएको किसानको गुनासोपछि सरकारले समर्थन मूल्य तोक्न थालेको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ००:००  १२ : १० बजे