झापा– सरकारले विद्यार्थीहरुलाई पनि कोरोनाको खोप उपलब्ध गराउने भएको छ । परीक्षामा सहभागी विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने विषयमा सरकार सहमत भएको हो ।
त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी भएको स्वास्थ्य सेवा विभागको बालकल्याण तथा खोप महाशाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।
विद्यार्थीको परिचयपत्रका आधारमा सरकारले खोप उपलब्ध गराउनेछ । त्रिभुवन विश्वविद्यालयले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । त्रिविले सञ्चालन गर्ने परीक्षामा झण्डै ६० लाख विद्