२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

अख्तियारले दुश्मनी साँधेको गच्छदारको आरोप



झापा– सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि दुश्मनी साँधेको बताउनुभएको छ । ललिता निवास प्रकरणमा गच्छदारले भ्रष्टाचार गरेको जनाउँदै अख्तियारले मुद्दा दायर गरेको थियो ।

आज विश्व आदिवासी दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उपसभापति गच्छदारले आफूलाई तह लगाउने नाममा राज्यले फसाउन खोजेको जिकिर गर्नु भयो। आफूलाई थाहा नभएको विषयमा अख्तियार लगाएर तर्साउन खोजिएको गच्छदारले दाबी गर्नुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ००:००  ११ : १३ बजे