१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

झापाली फुटवलका हस्ती पूर्व राष्ट्रिय रेफ्री गुरुङको निधन



बिर्तामोड– पूर्व राष्ट्रिय रेफ्री तिलकबहादुर गुरुङको निधन भएको छ । क्यान्सर रोगबाट पीडित गुरुङको उपचारका क्रममा आज विहान निधन भएको हो । झापाली फुटबलका हस्ती ६६ वर्षीय गुरुङ बिर्तामोड–३ का स्थायी बासिन्दा हुन् ।

गुरुङ झापा जिल्ला फुटबल संघका संस्थापक सदस्य थिए । बिर्तामोड फ्रेन्डस क्लबका संस्थापक समेत रहेका गुरुङले बिर्तामोडमा फुटबलको विकासमा महत्वपूर्ण योगदान गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ००:००  ५ : ५५ बजे