१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

क्रिकेट टोलीका पूर्वकप्तान खड्काको जर्सी पनि रिटायर्ड



झापा–नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काको जर्सी नम्बर ७७ प्रयोग नगरिने भएको छ । पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि नेपाल क्रिकेट संघ क्यानले ७७ नम्बर जर्सी प्रयोग नगर्ने जनाएको हो ।

क्यानको कार्यान्वयन समितिले आइतबार पारसले नेपाली क्रिकेटमा दिएको योगदानको कदर गर्दै ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको छ । उक्त समितिमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल, कोषाअध्यक्ष रोशनकुमार सिंह, उपाध्यक्ष राजाबाबु श्रेष्ठ र सदस्य अमिरवीर पाण्डे रहेका छन् ।

पारसको सन्यासपछि जर्सी नम्बर ७७ खाली बनेको थियो । तर, क्यानले आगामी दिनमा पनि प्रयोगमा नल्याउने निर्णय गरेको हो । घरेलु क्रिकेट र उमेर समूहमा नेपाली क्रिकेटका युवा अलराउन्डर पवन सरार्फले ७७ रनको जर्सी लगाएका थिए ।

पारसको सन्यासपछि पवनलगायत अन्य युवा खेलाडीलाई सिनियर टोलीमा जर्सी नम्बर ७७ का लगि बाटो खुलेको थियो । तर, क्यानले ७७ नम्बर जर्सी आगामी दिनमा नेपाली क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ००:००  २ : ४५ बजे