५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

प्रश्नपत्र चोर्ने ११ प्रहरीमाथि कार्वाहीको तयारी



झापा–संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सो प्रकरण छानबिनका लागि सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो ।

प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएपछि कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको छ । छानबिन समितिले अनुसन्धानको प्रतिवेदन तयार गरेर प्रहरी महानिरीक्षकलाई बुधबार बिहान बुझाउँदै छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ००:००  १ : ३८ बजे