११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

शर्माको उपचारमा समुदायको चासो : प्रकाश बचाउ अभियान सुरु



बिर्तामोड– बाथरोगबाट थलिएपछि ओछ्यान परेका झापा चारपाने–२ का प्रकाश शर्माको उपचारका लागि समुदायले चासो र चिन्ता व्यक्त गरेको छ । शर्माका विषयमा यसैसाता सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

शर्माको अवस्था सार्वजनिक भएपछि समुदाय तहबाट थप उपचारका लागि ‘प्रकाश बचाउ अभियान’ सुरु भएको हो । अभियानमार्फत सहायता जुटाएर उपचारको व्यवस्था मिलाइने अभियानका संयोजक डिल्ली सिटौलाले बताउनु भयो ।

औषधिको प्रभावका कारण ३२ वर्षीय शर्मा तीन वर्षदेखि ओछ्यानमा छन् । पारिवारिक दायित्व पनि शर्माको काँधमा छ । विरामी परेपछि परिवारलाई गुजारा चलाउन समस्या हुँदै आएको छ ।

कमजोर आर्थिक अवस्थाका शर्माको उपचारमा सघाउन सिटौलाको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ । समितिको सचिवमा जगन्नाथ अधिकारी, कोषाध्यक्षमा शिखा खड्का, सदस्यहरुमा वडा सदस्य उपेन्द्र पराजुली, सिताराम ढुङ्गेल, हरिभक्त उप्रेती, विनोद पोखरेल, अर्जुन मैनाली, शिवप्रसाद साह छन् ।

किरण पौडेलले सामाजिक सञ्जाल संयोजन गर्ने गरी तोकिएको समितिमा शर्माको तर्फबाट उमेश शर्मा, लक्ष्मीप्रसाद घिमिरे, राजु गिरी र नवराज सिटौला सदस्य छन् । शर्माको नाममा एनआइसी एसिया बैकमा खाता खोलिएको छ । उनको खाता नम्वर L187001034352401 हो ।

बिरामीको बारेमा थप जानकारी प्राप्त गर्न ९८४२६३३९६८,९८४११४१४१४ र ९८२४०७९९०३ मा फोन गरेर पनि बुझ्न सकिने संयोजक सिटौलाले बताउनु भयो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार ००:००  ४ : ०३ बजे