८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्वास्थ्यकर्मीलाई तीनसय प्रतिशतसम्म प्राेत्साहन भत्ता !



झापा– प्रदेश १ सरकारले काेराेना भाइरसविरुद्धकाे अभियानमा खटिने स्वास्थ्यकर्मीलाई तीनसय प्रतिशतसम्म प्राेत्साहन भत्ता दिने निर्णय गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईले हिमाली जिल्लामा खटिएका स्वास्थ्यकर्मीलाई अधिकतम् प्राेत्साहन भत्ता दिइने बताउनुभयो।

पहाडी जिल्लामा २ सय ५० र तराईमा २ सय प्रतिशत भत्ता दिइने मन्त्री राईले जानकारी दिनुभयो। प्रदेश सरकारले अस्पताललाई उच्च प्रविधियुक्त बनाउन ४० लाखका दरले बजेट विनियोजन गर्ने तयारी गरेको छ ।

संक्रमणले मृत्यु हुनेको शव राख्न परे मर्चरी हाउस व्यवस्था गर्ने, शव वाहन र बिरामी ओसार्न ‘ख’ वर्गको एम्बुलेन्स तत्कालै उपलब्ध गराइने राईले बताउनु भयो ।

पछिल्लो भेरियन्टका कारण प्रदेश १ मा कोरोना तीव्र गतिमा फैलिरहेको छ । यो प्रदेश देशभरमै हटस्पट बन्न पुगेको छ । मृत्यु संख्या पनि हरेक दिन बढ्दो क्रममा छ । दैनिक एक हजारभन्दा अधिकमा संक्रमण पुष्टि भइरहेको छ । दैनिक मृत्यु संख्या औसत दशजना छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार ००:००  ८ : ४२ बजे