२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

झापामा अनियन्त्रित देखियो कोरोना भाइरसको संक्रमण



झापा– नागरिक तहबाट निरन्तर भइरहेको बेवास्ताका कारण झापामा कोरोना भाइरसको संक्रमण अनियन्त्रित बन्दै गएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच संक्रमितको संख्या घट्नुको साटो बढिरहेको देखिएको हो ।

कोरोना संक्रमणकाे चेन ब्रेक गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले साउन १६ गते मध्यरातिदेखि झापामा निषेधाज्ञा जारी गरेको थियो । पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन नरोक्ने स्थानीय प्रशासनको नीति कायमै रहेकाले संक्रमण घट्न नसकेको सरोकारवालाले बताउँदै आएका छन् ।

जनस्वास्थ्यका मापदण्डको पालनामा भएको कमजोरीले पनि झापामा संक्रमण फैलि