१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

भारतमा कोरोना रोक्न दुई भ्याक्सिनको मिक्स डोज



झापा– भारतमा पहिलोचोटि दुईवटा अलग–अलग भ्याक्सिन मिक्स गरेर नयाँ डोज लगाउने तयारी गरिएको छ । कोभिशील्ड र कोभ्याक्सिनको मिक्स डोजको अध्ययनमा राम्रो परिणाम देखिएको हो । कोभिशील्ड र कोभ्याक्सिनको मिक्स डोजमा अध्ययन गर्दा परिणाम उत्साहजनक आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाका भ्याक्सिनहरू कोभ्याक्सिन अनि कोभिशील्डको मिक्सिङ अनि म्याचिङको परिणाम उत्तम देखिएको पश्चिम बंगालबाट प्रकाशित नेपाली दैनिक हिमालय दर्पणले आइतवारको अंकमा छापेको छ ।

सेण्ट्रल ड्रग्स स्ट्याण्डर्ड कण्ट्रोल अर्गनाइजेशनको कोभिड–१९ का लागि बनिएको सब्जेक्ट एक्सपर्ट कमिटीले बिहीवार कोभिशील्ड र कोभ्याक्सिनलाई मिसाएर त्यसको परीक्षण गर्न सिफारिस गरेको थियो ।

भारतको केन्द्रिय औषधि प्राधिकरणको एउटा विशेषज्ञ समितिले पनि भेल्लोरस्थित क्रिश्चियन मेडिकल कलेजलाई कोभिड–१९ का दुवै कोभ्याक्सिन अनि कोभिशील्डको मिश्रणलाई क्लिनिकल परीक्षणको अनुमति दिन सिफारिस गरिसकेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार ००:००  २ : ३० बजे