• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. कोरोना कहर
  3. मेची अस्पताल : अक्सिजन प्लान्टको तीन करोड फिर्ता
 मेची अस्पताल : अक्सिजन प्लान्टको तीन करोड फिर्ता
कोरोना कहर स्वास्थ्य

मेची अस्पताल : अक्सिजन प्लान्टको तीन करोड फिर्ता

by Speak २५ श्रावण २०७८, सोमबार १२:३७

झापा– सरकारले झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि पठाएको तीन करोड रुपैयाँ बजेट फिर्ता भएको छ । जेठ अन्तिम साता सरकारले मेची अस्पतालका लागि उक्त रकम पठाउँदै अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । तर, अस्पतालले रकम खर्च नगरी फिर्ता पठाएको हो ।

दैनिक १५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न भनिए पनि आर्थिक वर्ष सकिन लाग्दा बजेट आएकाले खर्च नभई फिर्ता भएको अस्पताल विकास समितिले जनाएको छ । ‘पर्याप्त समय नभएका कारण अक्सिजन प्लान्ट राख्न सक्ने अवस्था भएन’, अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले भने, ‘अन्ततः बजेट फिर्ता भयो ।’

कोरोना संक्रमण बढिरहेको सन्दर्भमा अक्सिजनको अभाव झेल्नुपर्ने अवस्था अन्त्यका लागि सरकारले जेठ अन्तिमसाता अस्पताललाई रकम पठाएको थियो । अस्पतालमा अहिले प्रदेश सरकारको एक करोड रुपैयाँ सहयोगमा दैनिक ३५ सिलिण्डर उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको छ । अहिले जोडिएको प्लान्टले अस्पतालको २५ प्रतिशत मात्रै माग धान्ने अस्पताल विकास समितिका अध्यक्ष पोर्तेलले बताए ।

मेची अस्पतालमा अहिले दैनिक ६० जना सङ्क्रमित नियमित उपचारमा छन् । अधिकांश संक्रमितलाई अक्सिजन अनिवार्य जस्तै हुँदै आएको मेडिकल सुपरीटेण्डेन्ड डा. टंक बाराकोटी बताउँछन् । ‘अक्सिजन दिनुपर्ने अवस्थाका विरामीको चाप बढेको छ’, उनले भने । रकम फिर्ता गएपछि मेची प्रादेशिक अस्पताल मेडिकल एशोसिएसनले उपलब्ध गराउने ११५ सिलिण्डर क्षमताको अक्सिजन प्लाण्ट जडानको पर्खाइमा छ ।

झापामा सरकारी बाहेक निजी क्षेत्रको बीएण्डसी अस्पतालसँग मात्रै आफ्नो अक्सिजन प्लान्ट छ । अरु ठूला भनिएका एकदर्जन अस्पतालले बाहिरी जिल्लाबाट अक्सिजन आयात गरी माग धान्दै आएका छन् । बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अक्सिजन अभाव हुन नदिन नयाँ प्लान्ट राखिन लागेको बताए ।

माग बढेपछि बीएण्डसीले दैनिक दुईसय सिलिण्डर उत्पादन क्षमताको प्लान्ट जडान गर्न लागेकोे हो । ‘अक्सिजन अभावमा हाम्रो अस्पतालमा कुनै पनि विरामीले मर्नु पर्दैन’, निर्देशक प्रसाईले भने । झापाका १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिरहेको छ ।

झापाको धुलावारीमा पनि आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारी छ । विज्ञहरुले तेस्रो लहरको संक्रमण आउने औँल्याइरहँदा झापामा अक्सिजन व्यवस्थापनमा सरकारी र निजी अस्पतालको तयारी भने सुस्त देखिएको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.